सुदूरपश्चिमकै सबैभन्दा ठूलो दाना उद्योग रोयल फिडले मंसिर महिनाभित्र दाना उत्पादन शुरु गर्ने
2021/11/09, 11:47
 
aa

सुदूरपश्चिमकै सबैभन्दा ठूलो दाना उद्योग रोयल फिड ईण्डष्ट्रिज प्रा.लिले मंसिर महिनाभित्र दाना उत्पादन शुरु गर्ने भएको छ । आठ जना साझेदारको करीव ३७ करोड लगानीमा कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरमा स्थापना भएको रोयल फिड ईण्डष्ट्रिज प्रा.लिले मंसिर महिनाभित्र दाना उत्पादन शुरु गर्ने बताईएको छ ।

No description available.

रोयल फिड ईण्डष्ट्रिज प्रा.लि.का अध्यक्ष भुवन भट्टले उत्पादन क्षमताका हिसावले रोयल फिड ईण्डष्ट्रिज सुदूरपश्चिमकै ठूलो दाना उद्योग भएको दावी गरे । उनले रोयल फिड ईण्डष्ट्रिजले प्रति घण्टा ८देखि १० टन दाना उत्पादन गर्ने बताए ।

No description available.

रोयल फिड ईण्डष्ट्रिज प्रा.लि.का प्रबन्ध निर्देशक बिक्रम सिंहले सुदूरपश्चिमलाई दानामा आत्मनिर्भर बनाउने उद्देश्य सहित उद्योग सञ्चालनमा ल्याउन लागिएको बताए ।

No description available.

उनले मुनाफा भन्दा पनि आफूहरुले गुणस्तरमा ध्यान दिएको बताए । “हाम्रो उद्देश्य मुनाफा कमाउने मात्र होईन” सिंहले भने, “कुखुरापालक व्यवसायीहरुलाई गुणस्तरीय दाना उपलब्ध गराउने हो ।”

No description available.

रोयल फिड ईण्डष्ट्रिज प्रा.लि.ले शुरुवाती चरणमा २५ जनालाई प्रत्यक्ष रोजगारी दिने र यो संख्या उद्योगले उत्पादन बढाउदै लगेपछि ५० भन्दा बढि पुग्ने सिंहले बताए ।