आउँदो चुनावमा केपी गुटको पत्तासाफ गर्छौं : नेपाल
2021/11/10, 6:38
 
dd

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आउँदो चुनावमा केपी शर्मा ओली गुटको ‘पत्तासाफ’ हुने दाबी गरेका छन्।

बुधबार डडेल्धुरा सदरमुकाममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पाँच पार्टीको गठबन्धनले आउने चुनावमा ओली गुट पत्तासाफ पार्ने दाबी गरेका हुन्।

उनले आउँदो चुनावसम्म पाँच दलको हालकै गठबन्धन कायम रहने पनि बताए। ‘अहिले पाँच दलको गठबन्धन छ। आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं। त्यो पाँचै दलबीच सहमति भइसकेको छ,’ अध्यक्ष नेपालले भने, ‘केपी गुटको पत्तासाफ गरिदिनेछौँ।’उनले एमाले पार्टीको अब भविष्य नरहेको पनि तर्क गरे।