
नेकपा एकीकृत समाजवादीको पार्टीको जिल्ला पार्टी घोषणा कार्यक्रममा दार्चुला पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले दार्चुलाको निर्माणाधीन गोकुलेश्वर विमानस्थलका लागि बजेटको कमी हुन नदिने बताएका छन्।

नेकपा एसको जिल्ला कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले अहिले विमानस्थलको लागि बजेट थोरै भएको भन्दै आफ्नो मन्त्रालयबाट बजेटको कमी हुन नदिने बताएका हुन्। ‘अहिले विमानस्थल थोरै बजेट देखे। यो एयरपोर्टको टर्मिनल भवन, टेक्सी पार्किङ लगायतका सबै भौतिक पूर्वाधार निर्माणको लागि बजेट विनियोजन गरिन्छ’ उनले भने, ‘विमानस्थलका लागि बजेट विनियोजन हुन्छ। यसको निर्माणमा निगरानी गर्नुहोला।’
साथै उनले राष्ट्रकै सातौं धाम मालिकार्जुनमा धामका लागि क्रमागत रुपमा चाहिने जति बजेट राख्ने बताए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19