एमालेको संगठित सदस्यमा लेखराजको गृहजिल्ला कैलाली पहिलो (सूचीसहित)
2021/11/11, 1:17
 
aa

नेकपा एमालेका तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक हुँदा सबैभन्दा बढी कैलालीमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ ।  एमालेको अहिलेसम्म बाग्मती, सुदूरपश्चिम र गण्डकी प्रदेशका संगठित सदस्यको नाम सार्वजनिक भएको छ ।

सार्वजनिक भएको सूचीअनुसार स्थायी कमिटी सदस्य एवं सुदुरपश्चिम इञ्चार्ज लेखराज भट्टको गृहजिल्ला कैलालीमा सबैभन्दा बढी २२ हजार ६ सय ४३ रहेको छ । यस्तै हिमाली जिल्ला मनाङमा १७९ मात्र संगठित सदस्य देखिएका छन ।

बाग्मती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी एक लाख ६४ हजार २३०, गण्डकीको ११ जिल्लामा ७८ हजार ९३५ तथा सुदूरपश्चिम प्रदेशमा ८२ हजार २४४ जनाले एमालेको संगठित सदस्यता प्राप्त गरेका छन । बागमति प्रदेशमा राजधानी काठमाडौं काभ्रेपछि दोस्रो स्थानमा रहेको छ भने सबैभन्दा कम दोस्रो स्थानमा मुस्ताङमा ५२५ रहेको छ ।

बाग्मती प्रदेश

१. काठमाडौं– २०,१००
२. ललितपुर– ८,६०५
३. भक्तपुर– ५,२८९
४. मकवानपुर– ९,२५८
५. चितवन– १५,८११
६. धादिङ– १२,२४९
७. रसुवा– १,८३६
८. नुवाकोट–८,९२६
९. काभ्रेपलाञ्चोक–२२,०५५
१०. सिन्धुपाल्चोक– १५,०२५
११. दोलखा– १२,१५७
१२. रामेछाप– १२,६६२
१३. सिन्धुली– २०,२५७
जम्मा– १,६४,२३०

गण्डकी प्रदेश
१. मनाङ – १७९
२. मुस्ताङ – ५२५
३. म्याग्दी– ३,७३७
४. बागलुङ – ५,२०५
५. तनहुँ– ६,१०४
६. लमजुङ– ६,४३२
७. पर्वत– ६,७६०
८. गोरखा– ७,६४४
९. नवलपुर– ११,२१५
१०. स्याङ्जा– १३,६४८
११. कास्की– १७,४८६
जम्मा– ७८,९३५

सुदूरपश्चिम प्रदेश
१. कैलाली – २२,६४३
२. कञ्चनपुर– ९,३१५
३. डोटी– ६,५००
४. डडेल्धुरा– ४,५४३
५. अछाम– ६,०००
६. बझाङ – ७,०००
७. बाजुरा – ११,९६३
८. बैतडी– ८,०८०
९. दार्चुला – ६,३००
जम्मा– ८२, २४४