कैलालीका काँग्रेस सभापति शाहको वडामा सबै निर्विरोध चयन
2021/11/13, 1:20
 
dd

नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायण शाह क्रियाशिल सदस्य रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर २ मा वडा सभापति सहितको कार्यसमिति र ६९ जना क्षेत्रीय प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन्।

शनिबार विहान भएको वडा अधिवेशनबाट वडा र क्षेत्रीय प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन। सो वडामा गणेश वम सभापति छानिएका छन् । उनको नेतृत्वमा ३२ सदस्यीय कमिटी बनेको छ।

यस्तै गरेर सो वडाबाट ६९ जना क्षेत्रीय प्रतिनिधि छानिएका छन्। सभापति। शाह, प्रदेश सभा सदस्यहरु टेकबहादुर रैका र दिव्वेश्वरी शाह भने स्वतह प्रतिनिधि हुने व्यवस्था अनुसार स्वतह प्रतिनिधि छानिएका छन्।

सो वडाबाट वर्तमान जिल्ला सचिव पूर्ण कुँवर, प्रचार विभाग प्रमुख नृप सुनार पनि क्षेत्रीय प्रतिनिधि छानिएका छन्। प्रतिनिधि छानिनेमा वडाअध्यक्ष नरबहादुर वम, यादवप्रसाद जोशी, भीमबहादुर शाह, यज्ञराज उपाध्याय, गजराज पाण्डे, वसव्यवसायी टेकराज जोशी, उद्योग वाणिज्य संघका उपाध्यक्ष पुस्कर ओझा, व्यवसायी हिक्मत शाह लगायत छन्।