
बैतडीमा पर्ने चमेलिया नदीमा एक वृद्धाको शव फेला परेको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका –६ स्थित चमेलिया नदीमा दार्चुलाको लेकम गाउँपालिका –१ बित्थडकी ७२ वर्षीया झिमा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सोमबारदेखि घरबाट बेपत्ता भएकी ती वृद्धाको शव मंगलबार मध्यान्ह १२ बजे भेटिएको बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी बताए। बालुवा निकालिरहेका स्थानीय बासिन्दाले वृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
वृद्धा कुष्ठरोगी रहेको र नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। प्रहरी प्रमुख अधिकारीको टोली अहिले घटनास्थलर्फ गइरहेको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/02/20, 5:43
2021/01/02, 1:53
2021/07/11, 4:39