कञ्चनपुरको क्षेत्र नम्बर ३ मा लेखक निकट प्यानल विजयी
2021/11/23, 11:02
 
dd

नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा केन्द्रीय सदस्य रमेश लेखक निकट प्यानल विजयी भएको छ।

निर्वाचन क्षेत्र नम्बर ३ मा लेखकको प्यानलसँग अर्का नेता एनपी साउदको प्यानल पराजित भएको हो। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ को सभापतिमा लेखक निकटका केशवबहादुर चन्द वियजी भएका छन्।

उनले ३३० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्द्धी एनपी प्यानलका गणेश नेगीले १९३ मत मात्रै ल्याउन सके। सचिवमा लेखक प्यानलकै नेता गंगादत्त भट्ट (३०१), उमेश प्रशाद जोशी (३०७), सहसचिव अर्जुनदत्त भट्ट (३४६), खडक बहादुर बस्नेत (३१९) निर्वाचित भएका छन्।