
काँग्रेसको सातौं जिल्ला अधिवेशनबाट डडेल्धुराको सभापतिमा भीमबहादुर साउँद विजयी भएका छन्। सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन्। साउँदले ७३४ मत पाए भने ठकुराठीले ७६ मत पाए।

साउँद पर्शुराम नगरपालिकाका मेयर पनि हुन्। यस्तै उपसभापतिमा लक्ष्मीप्रशाद अवस्थी, डिल्लीराज जोशी, सचिबमा हेमराज चटौत र शेरबहादुर भण्डारी विजयी भएका छन्। यस्तै सहसचिवमा प्रेमराज महर र गोबिन्दराज बोहरा निर्वाचित भएका छन्।
विवादका बावजुद डडेल्धुरामा सातौं जिल्ला अधिवेशन सम्पन्न भएको हो। जिल्ला सभापति कर्ण मल्ल समूह फेरि अधिवेशन गर्नुपर्ने माग गर्दै काँग्रेस केन्द्रीय कार्यालयमा अनशनरत छ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19