
नेवि संघका पूर्वअध्यक्ष नैनसिंह महरले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सोमबार डडेल्धुरामा आयोजित कार्यक्रममा उनले यस पटक आफू केन्द्रीय सदस्य पदमा उठ्ने बताएका छन् ।

उनले सभापति पदमा भने प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवालाई नै एक कार्यकाल सभापतिमा जिताउनुपर्ने बताए। उनले पार्टी रूपान्तरणको प्रयास सुरू गरिनुपर्ने पनि बताए।
साथै उनले गुटको अन्त्य हुनुपर्ने पनि बताएका छन्।उनले पार्टीका सबै संरचनामा एक व्यक्ति एक पद र दुई कार्यकाल मात्रै लागू गरिनुपर्ने एजेन्डा अगाडि सारेका छन्।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19