सुदूरपश्चिमबाट एमालेका १६९ प्रतिनिधि छनोट
2021/11/23, 11:27
 
dd

नेकपा (एमाले) को १०औं महाधिवेशनका लागि सुदूरपश्चिमबाट १६९ प्रतिनिधि छनोट भएका छन्। सुदूरपश्चिमका केही जिल्लामा सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ भने केही जिल्लामा विवाद भएको छ। एमाले प्रदेश कमिटीका अनुसार मंगलबारसम्म सबै जिल्लाका प्रतिनिधिको नाम प्राप्त हुनेछ।

सुदूरपश्चिममा सबैभन्दा बढी कैलालीबाट ४४ प्रतिनिधि छनोट भएका छन्। कैलाली क्षेत्र नं. १ बाट कमला शाही, सोमबहादुर थापा, तपेन्द्र रावल, श्याम खात्री, द्वारिका न्यौपाने छन्। यस्तै क्षेत्र नं. २ बाट रतन थापा, डेजी पाण्डे, दलबहादुर विष्ट, नरबहादुर खड्का, कमा वली, टीका थापा, पदमबहादुर साउँद, गजेन्द्र स्वाँर र धरमबहादुर थापामगर छनोट भएका छन्।

यसैगरी कैलाली क्षेत्र नं. ३ बाट रतन रेग्मी, छाया देवकोटा, नरेन्द्र वटाला, विष्णु प्रसाद चौधरी र नमराज शाही छनोट भएका छन्। क्षेत्र नं. ४ बाट निर्मला भट्ट, भागरथी विष्ट, हरिसिंह साउँद, पदमसिंह सिंगाल, रामप्रसाद चौधरी, किसन साउँद र धनबहादुर रोकाया छनोट भएको एमालेले जनाएको छ।

त्यस्तै, क्षेत्र नं. ५ बाट जीवनकुमार बम, राजेश खाती, रणबहादुर चन्द, डिल्लीराज खड्का, झुमादेवी चौधरी, नेपालु चौधरी, शन्तोष शर्मा थापा, धर्मराज पाठक, दुर्गा जोशी, र रुक्मणी देवकोटा महाधिबेशन प्रतिनिधि छनोट भएका छन्। दलित तर्फबाट दानबहादुर विश्वकर्मा, विजयराजसिंह मयाल, ललित परियार, मोटीसिंह विश्वकर्मा, चन्द्रबहादुर दमाई, सत्यराज स्नेही, हिरा विक र सरिता सिजापति चयन भएको एमाले जिल्ला कमिटीले जनाएको छ।

यस्तै दार्चुलाबाट १२, बझाङबाट १६, बैतडीबाट १४, डडेल्धुराबाट ११, बाजुराबाट २१, कञ्चनपुरबाट १६ र अछामबाट १४ जना प्रतिनिधि छनोट भएका छन्। त्यस्तै, सुदूरपश्चिम प्रदेश कमिटिले पाँच जनालाई मनोनित गरेको छ। एमालेको १०औं महाधिवेशन १० देखि १२ मंसीरमा चितवनमा हुँदै छ।