कैलालीमा काँग्रेस सभापतिका दाबेदार बम महाधिवेशन प्रतिनिधिमा १ मतले विजयी
2021/11/23, 10:08
 
ss

कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति पदका दाबेदार प्रकाशबहादुर बम महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। बम एक मतले विजयी भएका हुन्। उनको २५८ मत पाएका छन् भने उनीसँग पराजीत हुनेको २५७ मत छ। क्षेत्रीय समितिमा भने बम निकट पुरै प्यानल नै पराजित भएको छ।

यस्तै सुनिलकुमार भण्डारी (३०६), विरेन्द्र भटट् (३०१), उत्तमबहादुर कठायत (२९०), गोपालबहादुर देउवा (२७९), टेकराज जोशी (२८७), रामबहादुर कलेल (२७०), ध्रुवराज भट्टराई (२५८), प्रकाशबहादुर देउवा (२६५) पनि महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।

यस्तै शेरबहादुर देउवा, यज्ञबहादुर महरा, इश्वरी रावल, बसन्ती ओझा, धना थापा, रमेश ताम्राकार, चन्द्रा भुल, यज्ञराज चौधरी, विदेशनी चौधरी, राजु भट्टराई, भीम गौतम, इश्वरी बिष्ट, कमला ओझा, भगवती ओझा र तुलसी देवकोटा पनि महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्।