नेपाली काँग्रेस कैलाली क्षेत्र ३ को सभापतिमा चौधरी विजयी
2021/11/24, 8:15
 
dd

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत कैलाली क्षेत्र ३ को क्षेत्रीय अधिवेशनबाट क्षेत्रीय सभापतिमा रिता कुमारी चौधरी विजयी भएकी छिन् । उनले ३०८ मत प्राप्त गर्दै  बहुमतका साथ विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी गोकेन्द्र भण्डारीले जम्मा १५३ मत प्राप्त गरे ।त्यस्तै, सचिव पदका लागी भएको मतदानमा सुरेश हमाल २५६ मत र रमेश चौधरी २६३ मत प्राप्त गर्दै सचिव पदमा विजयी भएका छन् । सचिव पदका बाँकी दुई उम्मेदवारमा धिरेन्द्र कठायत १७५ र दयाराम चौधरीले १९२ मत प्राप्त गरे ।  

सह–सचिवमा कलक बहादुर सिंह २५२ मत र धोज हरिपाल बोहरा २०१ मत ल्याउँदै सहसचिवमा विजयी भएका छन् । सहसचिवका पराजित उम्मेदवारमा वीरेन्द्र बहादुर भण्डारी १३५ मत, विनोद प्रसाद श्रेष्ठ ८२ मत र विशाल तिवारीले १३६ मत प्राप्त गरे ।  

सदस्य प्रत्यक्ष खल्ला तर्फ विजय राज श्रेष्ठ २५० मत, लोक बहादुर साउँद २०३ मत र राम चरण चौधरी २२७ मत प्राप्त गर्दै विजयी भएका हुन भने चक्र बहादुर थापा र कमल बहादुर बम निर्विरोध खुल्ला सदस्य तर्फ विजयी भएका हुन । प्रत्यक्ष खुल्ला महिला तर्फ फुल कुमारी चौधरी र पर्सापति देवी महतो निर्विरोध विजयी भएका हुन भने, प्रत्यक्ष प्रतिनिधि सभा क्षेत्र बाट खुल्ला तर्फ नारायण बम, मोती सिंह बोहरा र खड्का बहादुर बोगटी निर्विरोध भएका हुन ।

यता, प्रत्यक्ष प्रतिनिधि सभा क्षेत्र बाट महिला सदस्य तर्फ मिना कुमारी विष्ट निर्विरोध विजयी भएकी छिन् । खस आर्य सदस्य खुल्ला तर्फ सुरेश हमाल २७१ मत ल्याउँदै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दल बहादुर भण्डारीले जम्मा ९८ मत प्राप्त गरे ।

दलित सदस्य तर्फ राम बहादुर कामी निर्विरोध विजयी भएका छन् । त्यस्तै, थारु सदस्य खुल्ला तर्फ राम दुलारे चौधरी २४६ मत र जगत राम कठरिया १६८ मत प्राप्त गर्दै विजयी हुँदा पराजय भएका उम्मेदवार मसराम चौधरी ७८ मत, दुखीराम चौधरी १२४ मत र लोकेन्द्र बहादुर चौधरीले ११२ मत मात्र प्राप्त गरेको कैलाली निर्वाचन क्षेत्र ३ का निर्वाचन अधिकृत डिल्ली राज पन्तले जानकारी दिए ।