क्षितिज भण्डारीले सिमामा जंगे पिल्लर साक्षी राखेर भने ‘मेरो उमेद्बारी केन्द्रीय सदस्यमा हो’
2021/11/26, 6:30
 
aa

कांग्रेसका नव निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेपाल विद्यार्थी संघका पूर्व कार्यवाहक केन्द्रीय अध्यक्ष क्षितिज भण्डारीले नेपाल–भारत सीमा क्षेत्रको जंगे पिल्लर छेउमा उभिएर केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन् । नेता भण्डारीले शुक्रबार नेपाल–भारत सीमा क्षेत्र रहेको गौरीफन्टा नाका नजिकैको जंगे पिल्लरलाई साक्षी राखेर आफूले राष्ट्र र राष्ट्रियताका पक्षमा सदैव उभिने भन्दै सीमा क्षेत्रबाटै केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका हुन् ।

ण् नेपाल–भारत सीमा छुट्याउने जंगे पिल्लरमै पत्रकार सम्मेलन गरेर उनले भने,‘मलाई कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिले अमूल्य मत दिएर महाधिवेशन प्रतिनिधिमा विजयी गराएका छन्, उनीहरुको विश्वासलाई टुट्न नदिन मैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको छु ।’ आफूले केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भिजन सहितको मिसन बोकेर पार्टीलाई ‘स्मार्ट कांग्रेस’ बनाउन नेतृत्वको अभियान चाल्ने उनले बताए ।

सीमामै गरिएको पत्रकार सम्मेलनमा बोल्दै नेता भण्डारीले भने,‘मैले सीमामै उभिएर केन्द्रीय सदस्य उम्मेदवारीको घोषणा गर्नुको कारण प्रवास जानेहरुको पीडा बुझेको र कोरोनाका बेला सीमामा नेपालीहरुले पाएको दुःख देखेका कारण यहीँ क्षेत्र रोजेको हुँ ।’ सीमाबाटै केन्द्रीय सदस्यको घोषणा गरेर नेता भण्डारी कञ्चनपुरहुँदै देश दौडाहामा निस्केका छन् ।