काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिबेशन: तयारी तिब्र, अयोजक उपसमिति गठन
2021/11/27, 9:58
 
dd

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको अधिबेशनको तयारी तिब्र रुपमा सुरु भएको छ । नेपाली काँग्रेस सुदूरपश्चिम प्रथम प्रदेश अधिबेशन सफल पार्न मुल आयोजक समितिका सयोजक तथा माननिय मन्त्री दिलेन्द्रप्रसाद बडुको सयोजकत्वम ५०१ मुल आयोजक समिती गठन गरिएको छ । कैलाली सभापति नरनारायण शाहलाई मुल व्यबस्थापन समिति संयोजकको जिम्मेबारी दिईएको छ ।

मुल व्यबस्थापन समितिले सात वटा उपसमिति समेत गठन गरिएको छ । अर्थ सकलन समिती उप सयोजक शेरबहादुर देउवा, भोजन तथा आवास उप समिती सयोजक प्रकाश बम, प्रचार प्रसार समितिको उप सयोजक नृपबहादुर सुनार, उदघाटन समारोह र मञ्च ब्यावस्थापन उप समिति सयोजक पुर्ण कुवर, साँस्कृतिक उप समितिको सयोजक सुरत रावत, स्वयंसेवक उप समिति नवराज रावल र स्वास्थ्य उपचार समिती सयोजक उत्तम जोशीलाई चयन गरिएको छ ।

सबै उपसमितिहरुले आजदेखी नै आफ्नो जिम्मेबारी लिएर काम थालनी गरिसकेको मुल व्यबस्थापन समिति संयोजक नरनारायण शाहले जानकारी दिएका छन् । मंसिर १६ र १७ गते नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिबेशन धनगढीमा हुने भएको हो ।