कञ्चनपुर कांग्रेस अधिवेशन: ५२ पदका लागि ९५ जनाको उम्मेदवारी
2021/11/27, 10:13
 
ss

नेपाली कांग्रेसको कञ्चनपुरको नयाँ नेतृत्व चयन लागि आज निर्वाचन भैरहेको छ। ५२ पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएका छन। एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र ४५ जना सदस्य गरी ५२ पदका लागि ९५ जनाले उम्मेदवारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत नवीन सिंह धामीले जानकारी दिए।

धामीका अनुसार सभापतिमा बहादुरसिंह थापा र पदम बोगटीले उम्मेदवारी दर्ता गराएका छन्। उपसभापतिमा शंकरबहादुर चन्द, दिवाकर पाण्डेय, मीनबहादुर सिंह र हरिचन रानाले उम्मेदवारी दर्ता गराएका छन्। सचिवमा जनकसिंह धामी, सिद्धराज भट्ट, हेमराज ओझा, भीम भट्ट र तर्कराज भट्टले उम्मेदवारी दर्ता गराएका छन्। सहसचिवमा नाफुसिंह साउद, हरिप्रसाद अधिकारी, पुष्कल चौधरी, कविराज भट्ट र कलक बहादुर सिंहले उम्मेदवारी दिएका छन्।

यसैगरी, सदस्य पदमा ४५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गराउनेमधये स्थानीय तहतर्फका चार जना सदस्य निर्विरोध भएका छन्। निर्विरोध हुनेमा शुक्लाफाँटा नगरपालिकाका यशोदा भट्ट, कृष्णपुर नगरपालिकाका देवी ओझा, दोधारा चाँदनीका धनसरा चन्द र लालझाडी गाउँपालिकाबाट राधा राना रहेका छन्। 

सभापतिका उम्मेदवार थापालाई केन्द्रीय सदस्य एनपी साउको समर्थन रहेको छ। बोगटीलाई केन्द्रीय सदस्य रमेश लेखकले साथ छ। सभापतिका दुवै उम्मेदवारले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।  निर्वाचन कार्यतालिका अनुसार शनिवार विहान ८ बजे देखि मतदानको कार्यक्रम सञ्चालन भएको छ। निर्वाचनमा नौ वटै स्थानीय तहका एक हजार ५८४ मतदाताले मतदान गर्दैछन्।