कांग्रेस सुदूरपश्चिम प्रदेश अधिवेशन, सभापतिका ५ जना उम्मेदवार
2021/11/28, 10:02
 
ss

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पाँच जनाले उमेद्बारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल तथा आफ्ना पक्षका मतदातालाई रिझाउनमै व्यस्त छन् । पूर्वमन्त्रीदेखि प्रदेश सभा सदस्यका उम्मेदवारसम्मले उम्मेदवारी घोषणा गरेका छन् ।

मंसिर १६ र १७ गते धनगढीमा आयोजना हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गरेका हुन् ।सुदूरपश्चिम प्रदेश सभापतिका लागि नरनारायण शाह ‘मनु’, अर्जुन जंग बहादुर सिंह, गोविन्दबहादुर शाह, पुष्पकुमार शाही र हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् ।

उम्मेदवारी घोषणा गर्ने नरनारायण शाह कैलालीका जिल्ला सपभाति हुन् । उनी दुई कार्यकाल जिल्ला सभापति भएर कैलाली कांग्रेस चलाएको अनुभव छ । बझाङका अर्जुन जंगबहादुर सिंह पूर्व परराष्ट्र राज्यमन्त्रीका साथै कोरियाका लागि पूर्व नेपाली राजदूत भइसकेका व्यक्ति हुन् ।

अछामबाट पूर्व सञ्चार राज्यमन्त्री समेत भइसकेका गोविन्दबहादुर शाहको पनि उम्मेदवारी रहेको छ । यस्तै डोटीबाट पुष्पकुमार शाहीले पनि उम्मेदवारी घोषणा गरेका छन् । शाही नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत हुन् । कैलाली लम्कीका हिमबहादुर रावलले पनि उम्मेदवारी घोषणा गरेका छन् । रावल प्रदेश सभा निर्वाचनमा प्रदेश सभाका उम्मेदवार भएका थिए ।