
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति पदमा कैलालीका नरनारायण शाह (मनु) ले उम्मेदवारी दिने भएका छन्।दुई पटक कांग्रेस कैलाली सभापति भई काम गरेका उनले यसपालि १४ औं महाधिवेशनमा प्रदेश सभापति पदमा उम्मेदवारी दिन लागेका छन्।

उनले प्रदेश सभापति पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। उनी सभापति शेरबहादुर देउवा पक्षनिकट मानिन्छन्। उनले गुटरहित कांग्रेस र संगठन सुदृढीकरणलगायत विषयलाई अगाडि सार्दै उम्मेदवारी दिने बताएका छन्।
कांग्रेसले यही मंसिर १७ गते सातै प्रदेशमा अधिवेशनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। साथै मंसिर १८ मा सातै प्रदेशमा प्रदेश कार्यसमितिका लागि अधिवेशन हुनेछ।

यसअघि मंसिर १६ र १७ मा प्रदेश अधिवेशन हुने भने पनि दुई दिन पर धकेलिएको हो।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/14, 6:27
2020/11/28, 7:19
2021/03/01, 2:11
2021/09/29, 3:47
2022/08/22, 2:19