
अछामको एक क्वारेन्टाईन भित्र जाँड फेला परेको छ । जिल्लाको चौरपाटी गाउँपालिकाको जनता आधारभूत विद्यालयमा जाँड फेला परेको हो ।

गाउँपालिकाको वडा नम्बर १ स्थित जनता आधारभूत विद्यालयमा जाँड भटिएको वडा नम्बर १ का वडा अध्यक्ष सालिभान साउदले जानकारी दिए । क्वारेन्टाईनमा बस्ने नागरिकहरुका लागि खाना पकाउन राखेका २ जनाले जाँड बनाएको खुलेको हो ।
खाना पकाउने र सुरक्षामा खटिएका २ जनाजना गरी चार जनालाई सिउडी प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । उनीहरुले खाना पकाउने भाडो (ताउलो) र जर्किनमा गरी लगभग ५० लिटर जाँड पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रक्राउ परेका उनीहरु माथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । अहिले जनता आधारभूत विद्यालयमा भारतबाट फर्किएका ५८ जना बसिरहेका छन ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 2:16
2020/12/25, 5:23
2021/07/31, 10:25
2022/04/28, 3:52
2023/05/28, 11:49