
कैलालीमा एक भिनाजुले सालीमाथि कुटपिट गरेका छन्। प्रहरीका अनुसार जिल्लाको गोदावरी नगरपालिका -५ गेटाका गौतम विकले सालीमाथि कुटपिट गरेका हुन्।

३० वर्षीय विकले २० वर्षीया साली मनसरा विकमाथि कुटपिट गरी घाइते बनाएका र उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दिदी भिनाजुबीच भइरहेको झगडा मिलाउन खोज्दा मनसरामाथि हातपात गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। सालीमाथि हातपात गर्ने गौतमलाई नियन्त्रणमा लिएको उनले बताए।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/06, 12:01
2021/10/23, 1:19
2022/09/08, 5:57
2024/01/13, 4:04