काँग्रेस सुुदूरपश्चिम सभापतिमा बीरबहादुर बलायर र महामन्त्रीमा नरनारायण शाहको संभावना
2021/12/02, 4:52
 
aa

संस्थापन पक्षका आकांक्षीहरुका बीचमा प्रतिस्पर्धा हुने देखिएपछि बी बहादुर बलायरलाई सर्वसम्मत रुपमा नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभापति बनाउने प्रयास थालिएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकट ६ जना आकांक्षीहरुलाई छोडेर बलायरलाई प्रदेश सभापति बनाउने प्रयास थालिएको स्रोतले बतायो ।

आज बिहान दिलेन्द्र बडु, रमेश लेखक र एनपी साँउद लगायतका नेपाली काँग्रेसका नेताहरुका बीच सर्वसम्मत उम्मेदवारका रुपमा बलायरको नाम अघि सारिएको हो । यद्दपि अहिलेसम्म बलायरले उम्मेदवारी घोषणा गरिसकेका छैनन । उनको भित्री ईच्छा प्रदेश सभापति हुने देखिए पनि चुनावी प्रतिस्पर्धामा भने जान उनी ईच्छुक देखिदैनन ।

बलायर प्रदेश सभापति भए नर नारायण शाह मनुको महामन्त्री बन्ने संभावना बलियो छ । नेपाली काँग्रेसका नेता नरनारायण शाह मनु, अर्जुन जंग बहादुर सिंह, पुष्पकुमार शाही, गोविन्द शाह, हिमाल बहादुर रावल प्रदेश सभापतिका रुपमा आकांक्षी देखिएका छन् ।