![dd](/sites/default/files/styles/flexslider_full/public/2021-12/bir%20bahadur%20balayar.jpg?itok=8WN1V0lt)
![](https://khabarkunj.com/sites/default/files/2024-12/book%20adv%204.jpg)
![](https://khabarkunj.com/sites/default/files/2024-11/dhn.jpg)
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
सुदूरपश्चिम प्रदेश कार्यसमितिमा आफ्नो पक्षको ‘सम्मानजनक’ उपस्थिति हुने अवस्थामा नेपाली कांग्रेसको संस्थापनइतरले सभापतिमा वीरबहादुर बलायरलाई सर्वसम्मत स्वीकार गर्ने भएको छ। संस्थापनपक्षबाट बलायरलाई सर्वसहमतिको उम्मेदवार बनाउने तयारी गरिएको छ। बलायर स्वयं भने प्रदेश सभापतिमा उठ्न नचाहेको बताइएको छ।
सर्वसहमतिको उम्मेदवार बनाउँदा आफ्नो पक्षबाट पदाधिकारीमा सम्मानजनक सहभागिता निश्चित भए समर्थन गर्ने संस्थापनइतरले जनाएको छ। ‘आ-आफ्नो समूहमा वार्तामा छौं। उम्मेदवार कुनै पक्षको पनि टुंगो लागेको छैन’ पौडेल पक्षका नेता बद्री पाण्डेले भने, ‘पदाधिकारीमा सम्मानजनक अवस्था हुने भए उहाँलाई (बलायर) सघाउन सकिन्छ।’
![](https://khabarkunj.com/sites/default/files/2024-11/small%20burchodi%20lar%20has%20.gif)
प्रदेश अधिवेशनको उद्धघाटन आज सकिएको छ। उम्मेदवारको मनोनयन दर्ता भने शुक्रबार हुनेछ। सुदूरपश्चिममा तुलनात्मक रुपमा संस्थापनपक्ष बलियो छ।