सुदूरपश्चिम प्रदेश कांग्रेस सभापतिका लागि आज मतदान हुँदै  
बलायर र मिश्र भिड्दै
2021/12/04, 10:24
 
ss

सुदूरपश्चिम प्रदेश कांग्रेस सभापतिका लागि आज मतदान हुने भएको छ । नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन समूहबाट केन्द्रीय सदस्य वीरबहादुर बलायर र पौडेल पक्षबाट  प्रदेश सभापतिमा कैलालीका पूर्व जिल्ला सभापति नारायणदत्त मिश्र भिड्दैछन् ।

सहमतिमै प्रदेश कार्यसमिति गठन गर्नेबारे संस्थापन र इतर समूहका नेताहरूबिच शुक्रवार बिहानदेखि नै छलफल भइरहेको थियो । तर भागभण्डामा कुरा नमिलेपछि चुनाब हुन लागेको हो ।

नेपाली काँग्रेस सुदूरपश्चिमका उम्मेदबार चयनका लागि मतदान धनगढीको निर्माण व्यवसायी संघ कैलालीको सभा हलमा हुने भएको छ । पार्टी व्यबस्थापनले ओम प्यालेसको हल १६ र १७ गते सम्मको लागि मात्रै बुक भएकोले कार्यक्रम तालिका बढेकोले मतदान कार्यक्रम निर्माण व्यबसायी संघ कैलालीको हलमा राखिएको होे ।

संस्थापन समूहका नेताहरूको छलफलपछि पूर्व मन्त्रीसमेत रहेका बलायरलाई प्रदेश सभापतिको उम्मेदवार बनाइएको छ । यस्तै संस्थापन देउवा पक्षबाट प्रदेश उपसभापतिमा जनक चौधरी ,लोकराज अवस्थी, महामन्त्रीमा नरनारायण शाह, मेघराज खड्का सह महामन्त्रीमा गोपाल भट्ट सह महामन्त्रीमा अम्बिका चलाउने रहेका छन् ।

भने पौडेल पक्षबाट  प्रदेश उपसभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट उम्मेदवार छनोट गरिएको छ । मतदान आज (शनिवार) बिहान ९ बजेदेखि सुरु हुने जनाएको छ । 

सुदूरपश्चिममा ५९ पदका लागि एक सय ८८ जनाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत बिरबहादुर जेठाराले जानकारी दिए । निर्वाचन समितिले उम्मेदवारको मनोनयन पत्र दर्ता दिउँसो २ बजे देखि ४ बजे गरिएको थियो । । एक सभापति पदका लागि १ दुई जना, दई उपसभापति पदका लागि ७ जना, दुई महामन्त्री पदका लागि ४ जाना, सहमहामन्त्री २ खुलामा ७ जाना र १ महिला ४ जानाले उम्मेदबारी दर्ता गराएको निर्वाचन अधिकृत जेठाराले जानकारी दिए ।

निर्वाचन अधिकृत जेठाराका अनुसार प्रदेश सदस्य (भुगोल जिल्ला) प्रत्यक जिल्लाबाट १ पर्ने ९ खुला र ९ महिला, खस आर्य खुला ६ पुरुष र ६ महिला, आदीबासी जनजातीबाट १, मधेसीबाट १ जना, दलित पुरुष २ र महिला १, थारु पुरुष २ र महिला १, मुस्लीम १ र अल्पसंख्यक वा अपाङ्गता कोटाबाट १ जना चाहिने भएका हुन् ।