
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी 'एक नम्बरको र एमाले' खत्तम भएको बताएका छन् । प्रदेश १ मा आयोजित खेलकुद महासंघको कार्यक्रममा उनले कर्णालीमा पनि आफ्नो पार्टी सशक्त रहेको र किर्तीमान कायम गरेको बताए ।

“सुदूरपश्चिम प्रदेशमा हामी सबैभन्दा बलिया छौँ । दुई नम्बर माओवादी पार्टी छ । तीन नम्बर कांग्रेस पार्टी छ । केपी ओलीको पार्टी त खत्तम ,” उनले भने । प्रदेश २ मा आफूहरू अत्यन्त बलियो रहेको उनले बताए । प्रदेश २ मा ओलीको पार्टीको हरिबिजोग भएको उनले दाबी गरे ।
उनले एक नम्बर प्रदेशको नामाकारण छिट्टै गर्न सुझाव दिए । नाम राख्दा सिंगो देशलाई राम्रो सन्देश दिन उनले आग्रह गरे ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/23, 5:29
2020/12/14, 7:32
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/01, 1:17