सुदूरपश्चिममा बालबालिकालाई कोरोना खोप: ७ जिल्लामा मोडर्ना र २ जिल्लामा फाइजर
2021/12/18, 11:27

सरकारले सुदूरपश्चिम प्रदेशका ७ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप र २ जिल्लामा फाइजर खोप लगाउने भएको छ। कञ्चनपुर, बझाङ, डोटी, बैतडी, अछाम, बाजुरा र दार्चुलाका बालबालिकालाई मोडर्ना खोप र कैलाली र डडेल्धुराका बालबालिकालाई फाइजर खोप दिइने सामाजिक विकास मन्त्रालयले जनाएको छ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइने भएको हो। यही पौष ४ देखि १४ गतेसम्म पहिलो मात्रा र माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए । डडेल्धुरामा पौष १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइनेछ।
कैलालीको खोप सञ्चालनको मिति भने निर्धारण गरिएको छैन। सरकारले सुदूरपश्चिमका लागि २ लाख ११ हजार मोडर्ना खोप उपलब्ध गराएको बताइएको छ।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/17, 7:05
2020/10/21, 5:32
2021/12/21, 9:31
2023/01/02, 12:24