डाेटीमा धमाधम लगाइँदै कोरोनाविरूद्वको खोप
2021/12/18, 7:34
 
dd

 

यहाँ धमाधमरुपमा कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। हालसम्म १० हजार ५४४ जनालाई कोरोना भाइरसविरुद्वको खोप लगाइएको छ। जिल्लाका नौवटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा जिल्ला अस्पतालबाट उपलब्ध कोरोनाविरुद्धको खोप लगाइएको हो।

स्वास्थ्य कार्यालयले उक्त खोप लगाउने अभियान गत फागुनदेखि सञ्चालन गरिरहेको छ। खोप ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई लगाउन थालिएको छ। जिल्ला अस्पतालका स्वास्थ्यकर्मी निरु मगरका अनुसार दिपायल सिलगढी नगरपालिकामा दुई हजार तीन, शिखर नगरपालिकामा एक हजार ७१७, पूर्वीचौकी गाउँपालिकामा एक हजार १००, आदर्श गाउँपालिकामा एक हजार २६२, सायल गाउँपालिकामा ८९९, केआईसिंह गाउँपालिकामा ९३६, बोगटान फुडसिल गाउँपालिकामा ९०१, बडिकेदार गाउँपालिकामा ७३३ तथा जोरायल गाउँपालिकामा ९९३ गरी जिल्लाभरिमा कूल १० हजार ५४४ जनाले उक्त खोप लगाएका छन्।

यहाँका नौवटै स्थानीय तहमा कूल १२ हजार ६०० जना ६५ वर्षभन्दा माथि उमेर समूहका नागरिक रहेका र बाँकी रहेका अन्य नागरिकलाई क्रमिक रुपमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। पहिलो चरणमा नागरिकहरुसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी, वित्तीय संस्थाका प्रमुख, सुरक्षाकर्मी, पत्रकार, कर्मचारीलगायतलाई देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप लगाएको भए पनि अहिले सबै नागरिकलाई खोप लगाउन थालिएको छ।