
कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर विभत्स हत्या गरिएको घटनामा प्रहरीले शंकास्पद एक जनालाई नियन्त्रणमा लिएको छ। घटनापछि लुकेर बसेका एक जनालाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

अनुसन्धान प्रभावित हुन सक्ने भएकाले पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन। घटनापछि भएको फोन संवादको अडियो प्राप्त गरेको प्रहरीले त्यही अडियोका आधारमा अनुसन्धान अगाडि बढाएको छ।
जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी छिनालेर हत्या भएको हो। स्थानीय अमरावती सामुदायिक वनको जंगलमा शरीर कपडाले रुखमा बाँधेको र घाँटी छिनालेर टाउको अलग पारिएको अवस्थामा शनिबार दिउँसो दासको शव फेला परेको थियो।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/01/03, 5:52
2024/11/23, 3:11
2021/04/17, 9:29