कैलालीमा सडक दुर्घटनामा परि मृत्यु भएका बोर्डिङ स्कुलका प्रिन्सिपललाई ठक्कर दिने जीपका चालक पक्राउ
2020/06/17, 3:11

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ६ मा जीप र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर कोटकेनीको मृत्यु भएको हो । प्रहरीका अनुसार उनीसंग जोशीपुर गाउँपालिका स्थायी ठेगानको मतदाता परिचयपत्र फेला परेपनि उनी गोदावरी ८ मा बस्दै आएका थिए ।

लालपुरमा बा २० च ५१२८ नम्वरको जीप र से ४ प ७३९८ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक कुटकेनीको मृत्यु भएको ईलका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले जानकारी दिए ।
जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जीवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना लगत्तै फरार रहेका उनलाई पक्राउ गरिएको हो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 2:16
2020/12/25, 5:23
2021/07/31, 10:25
2022/04/28, 3:52
2023/05/28, 11:49