‘जलवायु परिर्वतनले समस्या ल्याउँदैछ’
2021/12/19, 9:02
 
aa

 सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जलवायु परिर्वतनले नकारात्मक असर पार्दा वातावरणीय समस्या देखा परिरहेको बताएका छन् ।

महेन्द्रनगरमा आइतबार आयोजित सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिकामञ्च कञ्चनपुर सम्मेलनमा उनले विकास निर्माण र योजजना कार्यान्वयन गर्दा जलवायु परिर्वतनको विषयलाई ध्यान दिएर अघि बढ्नुपर्नेमा जोड दिए । बढ्दो जलवायु परिर्वतनका असरलाई मध्यनजर गर्दै सरकार र सरोकारवाला निकाय त्यसतर्फ गम्भीर भएर अघि बढ्नुपर्नेमा उनको जोड थियो ।

मन्त्री जोशीले भने “विकासका नाउँमा पहाडमा गरिएको अन्धाधुन्ध बेमौसमी वर्षाले सुदूरपश्चिममा ठूलो असर ग¥यो ।” उनले विपद्को असर कम गर्न पूर्व तयारीका लागि प्रदेश सरकारले योजना बनाएर काम गरिरहेको जानकारी दिए ।

यहाँस्थित भीमदत्त नगरपालिकाको आयोजना र स्थानीय नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको प्राविधिक सहयोगमा सञ्चालित सम्मेलनमा कञ्चनपुरका नौवटै पालिकाका प्रमुख÷उपप्रमुख, पालिकाका प्रशासकीय र वातावरण अधिकृतको सहभागिता छ । सम्मेलनमा जलवायु परिर्वतनले ल्याएको समस्या र विपद्को जोखिम तथा रोकथामबारे जलवायु विज्ञहरूले जानकारी गराएका छन् । रासस