धनगढीमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते
2021/12/21, 1:18
 
ss

कैलालीको मोहना–अत्तरिया ६ लेन सडक अन्तरगत धनगढीको चटकपुर क्षेत्रमा एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन्।

मंगलबार बिहान सुप्रप ०१००१ झ ३४५ नम्बरको एम्बुलेन्सले से७प ५२८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि माया मेट्रो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। उनको परिचय खुलेको छैन।