
यातायात कार्यालय कैलालीले बुधबारदेखि नयाँ विद्युतीय रिक्सा दर्ता नगर्ने जनाएको छ। प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले मंगलबार पठाएको पत्रमा नयाँ दर्तामा रोक लगाउन निर्देशन दिएको भन्दै नयाँ विद्युतीय रिक्सा दर्ता नगरिने यातायात कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले बताए।

यातायात कार्यालय कैलालीले धनगढी उपमहानगरपालिकाले रिक्साको संख्या धेरै भएकोले नयाँ दर्तामा रोक लगाउन माग गर्दै आएको थियो। यातायात कार्यालय कैलालीले विद्युतीय रिक्सा दर्तामा मात्रै रोक लगाएको जनाएको छ।
यातायात कार्यालय कैलालीले अहिलेसम्म नीजि टेम्पो विद्युतीय रिक्सा ५ हजार ४ सय १४ र सार्वजनीक टेम्पो तथा रिक्साको संख्या ४ हजार ८ सय ८९ रहेको जनाएको छ।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/06/13, 12:11
2022/02/05, 9:23
2023/02/18, 7:00