
कैलालीमा जीपको ठक्करबाट एक जनाको मृत्युपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारिएको छ । गोदावरी नगरपालिका वडा नम्वर ६ मा जीप र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक जोशीपुर गाउँपालिकाका ३२ बर्षीय गम्भीर कुडकेनीको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दोषीलाई कारवाहीको माग गर्दै लालपुरमा राजमार्ग अवरुद्ध पारिएको बताए । मृतक कुडकेनी केदारेश्वर बोर्डिङ स्कुलका प्रिन्सिपल हुन । उनी कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान जिल्ला सदस्य हुन् ।
वुधवार दिउँसो बा २० च ५१२८ नम्वरको जीप र से ४ प ७३९८ नम्वरको मोटरसाईकल एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । जीप चालक गौरीगंगा नगरपालिका वडा नम्वर ४ का जिवन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 10:11
2020/11/01, 1:29
2021/05/30, 9:35
2022/01/11, 3:20
2023/01/28, 12:50