
बैतडीमा प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ। जिल्लाको सिगास गाउँपालिका- ८ का ५५ वर्षीय कटक बोहराको हत्यामा संलग्न रहेको आरोपमा सिगास- ७ का ३० वर्षीय रमेशसिंह ऐरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए।

गत मंसिर १३ गते राति कालपोखरी मन्दिरको जात्रा हेर्न गएका बोहरा मंसिर १४ गते मृत फेला परेका थिए। उनको शरीरमा घाउचोट देखिएकाले हत्याको आशंका गर्दै आफन्तले प्रहरीमा निवेदन दिएका थिए। निवेदनपछि अनुसन्धान थालेको प्रहरीले घटना भएको भोलिपल्टदेखि फरार रहेका ऐरलाई सोमबार साँझ पक्राउ गरेको हो।
प्रहरीका अनुसार ऐरले मंसिर १३ गते राति बोहरासँग विवाद भएको र सो बेला कुटपीट गरेको स्वीकार गरेका छन्। उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

2025/07/22, 12:46
2025/07/22, 12:43
2025/07/22, 12:41
2025/07/22, 12:40
2025/07/22, 12:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/06/13, 12:11
2022/02/05, 9:23
2023/02/18, 7:00