
सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधवार बिहानै देखि हिमपात सुरु भएको छ ।

यहाँका डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो ।

सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने एक मात्रै सडक भिमदत्त राजमार्गको हगुल्टे, शाहुखर्क क्षेत्रमा राती देखि हिमपात सुरु भए पछि राजमार्ग अवरुद्ध भएको छ । यस्तै बैतढीको खोडपेमा पनि बाक्लो हिमपात भएको छ ।
यस्तै दार्चुलाको ब्यास गाउँपालिकामा पनि बाक्लो हिम्पात भएको छ । अहिले उक्त क्षेत्रमा ४ फिट जति हिउँ जमेको छ ।