
कञ्चनपुरमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।

बैलौरी- कलुवापुर पक्की सडकखण्ड अन्तर्गत बेलौरी नगरपालिका- ५ रामनगरमा कलुवापुरबाट बेलौरी आउँदै गरेको सुपप्र ०१००९ प ३७२६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से३प २४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीले बताएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका बेलौरी आउँदै गरेको मोटरसाइकलका चालक कृष्णपुर नगरपालिका-५ गुलरियाका १८ वर्षीय विमल रानाको बेलौरी स्थित इशान मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/08, 5:54
2020/10/11, 11:55
2021/06/13, 12:11
2022/02/05, 9:23
2023/02/18, 7:00