
कञ्चनपुरमा अवैध लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। जिल्लाकाे पुनर्वास नगरपालिका-१० दाेदा पुल क्षेत्रबाट शनिबार दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-७ निवासी वर्ष ३३ का सनम भण्डारी र वर्ष २८ की रितु भण्डारी रहेका छन् । दुवै जनाको साथबाट प्लास्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्याबलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।
साेधपुछकाे क्रममा उनीहरूले भारतकाे बजारबाट लागुऔषध खरिद गरेकाे बताएका छन् । प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/08, 5:54
2020/10/11, 11:55
2021/06/13, 12:11
2022/02/05, 9:23
2023/02/18, 7:00