
कञ्चनपुरको भीमदत्त नगरपालिका-१९, बागफाटामा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा गए राति मृत्यु भएको जनाइएको छ ।
आइतबार राति करिब साढे ९ बजे 'अन टेस्ट' ट्याक्टर पल्टिएको थियो । ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीचौकी बागफाटाले जानकारी दिएको छ ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15