
कैलालीमा स्कारपियो दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका(३ चौकिडाँडामा स्कारपियो दुर्घटना भएको हो। उक्त दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ।

स्कारपियोमा सवार ३ जना र अटोमा सवार ३ जना गरी ६ जना घाइते भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पोखरेलले बताए।
प्रहरीका अनुसार चौकीडाँडाको मालिका टोल नजिकै भारतीय नम्बर प्लेटको स्कारपियोले अटोरिक्सालाई ठक्कर दिएको थियो। महेन्द्रनगरबाट पूर्वतिर गईरहेको स्कारपियोले चौकिडाँडाँबाट अत्तरियातर्फ अटोलाइ ठक्कर दिएको हो। घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15