कैलाली जिल्ला विकास समितिका पूर्व सभापति मिश्र राष्ट्रियसभा सदस्यको उम्मेदवार
2022/01/03, 7:07

नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशबाट सो पार्टीका कैलाली जिल्ला विकास समितिका पूर्व सभापति नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको छ । मिश्र पुरुष तर्फको क्षेत्रबाट उम्मेदवार भएका हुन ।

सुदूरपश्चिममा रिक्त तीन राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीवीच गठवन्धन भएको छ । काँग्रेस र समाजवादीले उम्मेदवार तय गरे पनि माओवादीले गरेको छैन ।
माओवादीले दलित क्षेत्रबाट उम्मेदवार बनाउने सहमति छ । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशबाट सो पार्टीका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह गरिमा लाई महिला क्षेत्रबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाइ सकेको छ ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/08/28, 8:07
2021/05/28, 5:35
2022/01/09, 12:11
2023/09/22, 1:15