एमालेले बनायो सुदूर क्षेत्रकै पुराना वामपन्थी नेता भट्टलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार
2022/01/04, 10:48

नेकपा एमालेले सुदूरपश्चिम प्रदेशबाट सुदूर क्षेत्रकै पुराना वामपन्थी नेता डिल्लीराज भट्टलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गरेको छ ।

एमालेले भट्टलाई सुदूरपश्चिमको खुला क्षेत्रबाट उम्मेदवार बनाएको हो । भट्ट अहिले एमालेका केन्द्रीय सल्लाहकार सदस्य रहेका छन् ।
त्यस्तै, एमालेले सुदूरपश्चिमबाट महिलातर्फ सन्तोषकुमारी शर्मा र दलितबाट नरेश विकलाई समेत उम्मेदवार बनाएको छ ।

सात वटै प्रदेशमा पुस २० गते उम्मेदवारको मनोनयन र माघ १२ गते निर्वाचन हुँदै छ ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08