डडेल्धुरामा ३ हजार बढी मतदाता थपिए
2022/01/06, 12:23
 
ss

डडेल्धुरामा ३ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन्। डडेल्धुरामा गत १७ मंसिरदेखि ८ पुस गतेसम्म सञ्चालित फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रममा ३ हजार २ सय ७१ जना थपिएका हुन्।

सात स्थानीय तहमध्ये ५ वटा स्थानीय तहमा मात्रै फोटोसहितको मतदाता नामावली संकलन गरिएको निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ। आलिताल गाउँपालिकामा ४ सय १५, नवदुर्गा १  सय ३८, भागेश्वर ७१ अजयमेरुमा १ सय,५५ गन्यापधुरा १ सय १७ र जना नयाँ मतदाता थपिएको निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी दिए।

जिल्ला प्रशासन कार्यालयमा ४ सय २३ जनाले फोटोसहितको मतदाता नामावली भरेका छन् भने निर्वाचन कार्यालयबाट २ सय ४२ र इलाका प्रशासन कार्यालय जोगबुढामा १५ सय ७२ जनाको मतदाता नामावली संकलन भएको छ। यस्तै ४४ जना जिल्ला बाहिरका मतदाताले जिल्ला निर्वाचन कार्यालय डडेल्धुराबाट फोटोसहितको मतदाता नामावली भरेका छन्।

जिल्लाका सातै स्थानीय तहमा केन्द्रबाटै १० दिनका दरले पहिलो चरणको मतदाता नामावली संकलन विशेष कार्यक्रम आयोजना गरिएको थियो।

डडेल्धुरामा थपिएका ३ हजार २ सय ७१ मतदातासहितको तथ्यांकअनुसार जिल्लाको कुल मतदाता संख्या ९१ हजार २ सय ७१ रहेको छ। अझै मतदाता थपिने क्रम बढने निर्वाचन कार्यालयले जनाएको छ।