![aa](/sites/default/files/styles/flexslider_full/public/2022-01/Dhangadhi_Upamahanagar_Ekikrit-samajbadi.jpg?itok=J8g8U4fy)
नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेका धनगढी उपमहानरपालिका क्षेत्रमा गरिएको खोलानाला अतिक्रमण हटाउन माग गरेको छ ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
बिहीबार एकीकृत समाजवादी पार्टी धनगढी नगर कमिटिले मेयर नृपबहादुर वडलाई ज्ञापन पत्र बुझाउँदै खोलानाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माग गरेको हो ।
नगर क्षेत्रमा खोलानाला अतिक्रमण गरेर भौतिक संरचना बनाउने क्रम बढेपछि डुबानको समस्या पनि बृद्धि भएकाले यथाशिघ्र अतिक्रमण हटाउन माग गरिएको एकीकृत समाजवादीका नगर अध्यक्ष मदनराज रेग्मी बताए ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
नगर अध्यक्ष मदनराज रेग्मी र सचिव बाबुराजा श्रेष्ठद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, ‘अतिक्रमण गरि बनाइएका संरचना हटाएर उपमहानगरपालिको नेतृत्वले यथाशिघ्र डुबानको समस्या हल गर्न र व्यवस्थित शहर निर्माणमा ध्यान देओस् ।’
अतिक्रमण हटाउने कामको थालनी नगरिएमा समाजवादीले आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)