
कैलालीमा अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलेको छ। भूपेन्द्र बडुवाल हत्या प्रकरणका फरार अभियुक्त पक्राउ गर्न माग गदै आफन्तले प्रदर्शनसहित आज राजमार्ग अवरुद्ध पारेका थिए।

पूर्वपश्चिम राजमार्गको लम्की खण्ड मध्यान्नदेखि अवरुद्ध पारिएकोमा ४ बजेको समयमा राजमार्ग खुलाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
कात्तिक २३ गते हत्या गरिएका भूपेन्द्रका आफन्तले अझैसम्म पनि मुख्य योजनाकारसहित केही अभियुक्तलाई पक्राउ नगरेको भन्दै राजमार्ग अवरुद्ध पारिएको थियो।

२३ वर्षीय युवक भूपेन्द्र बडुवालको हत्या गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको प्रहरीले अन्य ९ जनाको भने खोजी जारी रहेको जनाएको छ।
हत्याका योजनाकार भनिएका नविन रावलसहितका ९ जना फरार रहेका हुन्।
2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37