सहजपुर बोगटान दिपायल सडक खण्ड हिलाम्मे: यात्रुलाई सास्ती
2022/01/08, 8:35
 
dd

सहजपुर बोगटान दिपायल सडक खण्ड हिलाम्मे हुदा यात्रुलाइ सास्ती हुन थालेको छ । डोटीको बडिकेदार क्षेत्रमा हिमपात र पानी परे पछि केहि दिन देखि पुरै सडक खण्ड हिलाम्मे भएको छ भने बसमा र मोटरसाइकल मा यात्रा गर्न समेत कठिन भएको छ।

सडक खण्डको ठाउँ ठाउँ मा सडक स्तर उन्नति को काम भैरहेको र जसले गर्दा पानी पर्ने बितिकै हिलाम्मे हुदै आएको छ भने घाम लाग्ने बित्तिकै धुलो उडेर सास्ती हुदै आएको स्थानीयले गुनासो गरेका छ्न ।

सडक को ठाउँ ठाउँमा खाल्टा खुल्टि र बढि हिलो भएको ठाउँमा सडक बिभागले ग्राबिल नहाल्दा गाडि बाटोमै फस्ने गरेको र यात्रु अलपत्र पर्ने गरेको गाडी चालकहरूले गुनासो गरेका छ्न । बडिकेदार गाउँपालिकाको पालचिउरि, बर्छैन, चिन्ने खड्यौलि बजार, काउले बागछेडा र अतरकाडा सम्म अहिले बाटो पुरै हिलाम्मे बनेको छ।

बाटोमा गाडिनै नचढ्ने सम्स्या भए पछि अहिले गाडिहरु अतरकाडा भन्दा तल रन्तोला सम्म नजादा यात्रुलाई समस्या भएको बडिकेदार गाउँपालिका वडा नम्बर ५ का स्थानीय प्रकाश चन्दले बताए ।

अहिले बोगटान सडक खण्ड जोडि सकेको छ त्यसकारण बोगटान गाउँपालिकाका स्थानीय पनि यहि बाटो आउने गरेका छ्न तिन बर्षमा कालोपत्र गरिसक्ने गरि ठेक्का भएको सहजपुर बोगटान दिपायल सडक खण्डको प्रगति पनि तीब्र गतिमा हुन सकेको छैन सडक खण्ड अहिले सम्म डबल काट्ने कार्य अर्थात चौडा बनाउने काम पनि पुर्ण रुपमा हुन सकेको छैन।

उता सडक बिभागले भने कहिले रुख कटानि आदेश नपाइने कहिले कोरोना भाइरसले लकडाउन हुने गरेका कारणले सोचे जस्तो काम गर्न नसकेको जनाए छ।