
कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका कैलालीको गोदावरी नगरपालिकाका ४६ बर्षीय पुरुषको शव व्यवस्थापन गरिन थालिएको छ । शव व्यवस्थापन मापदण्ड अनुसार मृतक पुरुषको शव व्यवस्थापनका काम भईरहेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

नेपाली सेनाको शव व्यवस्थापन टोली सेती अस्पताल पुगिसकेको कर्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । मृतकका परिवारका सदस्यहरुले टाढैबाट सेनाले व्यवस्थापन गरिरहेको हेर्न मात्र पाउने छन् । नेपाली सेनाको शव व्यवस्थापन टोलीले धनगढीको मोहना घाटमा मृतकको शव व्यवस्थापन गर्ने कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जानकारी दिए ।
स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालको आईसियूमा राखेर उपचार गराईरहेका उनको बुधबार साँझ मृत्यु भएको थियो ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/30, 2:16
2020/12/25, 5:23
2021/07/31, 10:25
2022/04/28, 3:52
2023/05/28, 11:49