
डडेल्धुराको परशुराम नगरपालिकाका कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका बन्द गरिएको छ । नगरपालिकामा कार्यरत दुई कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

कोरोना देखिएपछि नगरपालिकाले तीन दिनका लागि अति आवश्यक बाहेकका सेवाहरू बन्द गरेको छ । एक सूचना जारी गर्दै नगरपालिकाले आइतबारदेखि मंगलबारसम्म सेवाहरू बन्द गरेको हो ।
तर नगरपालिकाको कार्यालय मातहतकाअन्य सम्पूर्ण कार्यालयबाट प्रदान गरिने सेवा यथावत् रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीद्धारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

कोरोना संक्रमण देखिएका कर्मचारी मध्ये एक जना केही साताअघि काठमाडौंबाट आएका जनाईएको छ ।
संक्रमण देखिएका कर्मचारीहरू आइसोलेसनमा बसेका छन् ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/03/09, 12:11
2022/08/31, 4:02
2024/01/07, 12:43
2020/08/04, 7:02