सुदूरपश्चिमका ८ जिल्लामा एमालेको नेतृत्व चयन, यी हुन् जिल्ला हाक्ने नेता
2022/01/12, 10:41

सुदूरपश्चिम प्रदेशको बझाङ बाहेक बाँकी ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

गत शुक्रवारदेखि सुरु भएको अधिवेशन बुधवार जिल्ला अधिवेशन सम्पन्न भएको हो । जिल्ला अधिवेशनबाट ८ जिल्लाले नयाँ नेतृत्व पाएको छ ।
बैतडी, डडेल्धुरा, डोटी र बाजुरामा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो भने कैलाली,कञ्चनपुर,अछाम र दार्चुलामा निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो ।

बैतडीमा सुरेन्द्र पाल, डडेल्धुरामा प्रकाश साउँद, डोटीमा चक्र मल्ल र बाजुरामा कालीप्रसाद शाहीले जिल्ला नेतृत्वको जिम्मा पाएका छन् ।
यस्तै कैलालीमा रतन थापा, कञ्चनपुरमा सुरेन्द्र विष्ट, अछाममा चक्र बोहरा र दार्चुलामा प्रेम सिह धामी निर्वाचित भएका हुन् । बझाङमा भने मौसम खराबका कारण निर्वाचन हुन सकेको छैन ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/08, 9:11
2021/12/01, 7:45
2023/05/14, 2:42
2019/09/18, 1:29
2020/09/03, 10:08