
नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा कैलाली इन्चार्ज नारदमुनी रानालाई कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली क्षेत्र नम्बर ५ का सांसद समेत रहेका रानालाई कोरोना पुष्टि भएको हो । एमाले कैलालीको ८ औँ जिल्ला अधिवेशनमा व्यस्त रहेकै अवस्थामा उनलाई संक्रमण भएको अनुमान गरिएको छ ।

आज गरिएको पीसीआर परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएपछि अधिवेशनका दौरान उनको सम्पर्कमा रहेका नेता–कार्यकर्ताहरुमा त्रास फैलिएको छ । सबै जना कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।
उनी एमालेको ८ औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा समेत उपस्थिति भएनन् ।

रानाका स्वकिय सचिव कमल रानाका अनुसार उच्च ज्वरो आएपछि परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको हो । उनी होम आइसुलेसनमा बसेका छन् ।
2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/06/05, 5:09
2022/01/20, 12:11
2023/02/07, 12:37