
जयपृथ्वी नगरपालिकामा भएको शुक्रबार राति जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नं १, कैलाशबाट सदरमुकाम चैनपुर आउँदै गरेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा नं २ मोर्तोलीमा दुर्घटना भएको थियोे ।

जिप दुर्घटनामा सख्त घाइते भएका सवारीधनी पूरबहादुर सिंहको उपचारका लागि धनगढी लैजाँदै गर्दा बागथला नजिकै उनको मृत्यु भएको छ । दुर्घटनामा सिंहको छातीमा गम्भीर चोट लागेकोले उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको उनका आफन्तले उकेस सिंह बताए । मोर्तोलीको विद्यालय नजिकैको घुम्तीमा जिप घुमाउने क्रममा जिप दुर्घटना भएको स्थानीय उत्तम साउदले बताए । अनियन्त्रित भएको जिप ५० मिटर तल खसेको थियोे ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/01/31, 12:51
2021/04/27, 5:07
2021/11/13, 9:13
2020/06/27, 9:28