सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा डा. जगदीश जोशी
2022/01/15, 7:44

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकको जिम्मेवारी डा. जगदीश जोशीले पाएका छन्। प्रदेश सामाजिक विकास मन्त्रालयले डा जोशीलाई शुक्रबार निमित्त निर्देशकको जिम्मेवारी दिएको हो।

निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले पुस १८ गते उमेरका आधारमा अनिवार्य अवकाश पाएपछि निर्देशक पद खाली थियो। मन्त्रालयले सोही स्थानमा डा. जोशीलाई पठाएको हो।
डा जोशी यसअघि सामाजिक विकास मन्त्रालय र सेती अस्पताल धनगढीमा कार्यरत थिए।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37