
कैलालीमा र चितवनमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघेको छ । योसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ८ पुगेको छ ।शनिबार कैलालीमा ५५३ र चितवनमा ६३५ जना सक्रिय संक्रमित पुगेका छन् । शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो ।

काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या ९०६१ रहेको छ । ललितपुरमा २३८२ र भक्तपुरमा १३७१ जना रहेका छन् । त्यस्तै झापा, धनुषा, मकवानपुर, काभ्रे, नवलपरासी पूर्व, बाँके र रुपन्देहीमा सक्रिय संक्रमितको संख्या २०० नाघेको छ ।

2025/07/21, 11:51
2025/07/21, 11:49
2025/07/21, 11:46
2025/07/21, 11:43
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/11/04, 10:55
2021/03/28, 3:29
2021/10/19, 11:57
2022/09/16, 8:37